
विदुर । सामाजिक अभियान्ता तथा राजनीतिज्ञ डा. भीमलाल तामाड.ले नेतृत्व गर्नुभएको असल मित्रहरु संस्था अन्तर्गत जि. एफ. एन. परोपकारी संस्थाले विदुर नगरपालिका वडा नं ७ रहेका विद्यालयका विद्यार्थी तथा तथा शिल्पी समुदायका महिलाहरुका लागि आयआर्जनका लागि बाख्रा वितरण गरेको छ । जेठ ३१ गते सोमबार आयोजित कार्यक्रममा परियोजनाको २०८०र२०८१ को कार्यक्रम मार्फत बिदुर नगरपालिका वडा नं ७ तुप्चे स्थित २० घर बिपन्न शिल्पी दलित समुदायका महिलाहरुलाई आय आर्जनका लागि बाख्रा वितरण गरिएको छ ।

यस्तै उक्त संस्थामार्फत बृद्धा एकल महिलाहरुलाई आर्थिक सहयोग, सुन्दरादेवी आधारभूत बिद्यालयको सम्पूर्ण बिद्यार्थीहरुलाई लेखन तथा खेलकुद सामग्री, एक आर्थिक बिपन्न परिवारका जेहन्दार छात्रालाई एकमुष्ट एक वर्षको छात्रवृत्ति रकम र जनजागृति युवा क्लबद्वारा आयोजना गर्न लागिएको रोपाइँ विशेष कार्यक्रममा गरिने छात्रवृत्तिको लागि आवश्यक रकमको चेक हस्तान्तरण गरिएको समेत गरिएको छ ।

सो कार्यक्रममा विदुर नगरपालिकाका वडा नं ७का वडा अध्यक्ष अध्यक्ष रविन्द्र नेपाल, जनजागृति युवा क्लवका अध्यक्ष राजकुमार रिजाल ,सुन्दरादेवी आधारभूत बिद्यालयका प्रधानाध्यापक बिजय बोगटी लगायतको उपस्थिति रहेको थियो ।

संस्थाको उक्त सहयोगप्रति विद्यालयका विद्यार्थी, अभिभावक तथा महिला दीदीबहिनीहरुको तर्फबाट धन्यवाद ज्ञापन समेत गरिएको थियो । उक्त संस्थाले विगत सात, आठ वर्षदेखि नुवाकोट जिल्लाको विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका, म्यागड., किस्पाड. र दुप्चेश्वरलाई विशेष केन्द्रमा राखेर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

संस्थाले यसअघि जिल्ला उक्त क्षेत्ररुमा महिलाहरुका लागि आर्यआर्जन गर्ने कार्यक्रमसहित विद्यार्थीहरुलाई विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको छ । तामाड.को नेतृत्वमा भएको यस्ता कार्यप्रति आम नुवाकोटबासीले उच्च सम्मान व्यक्त गर्दै आएका छन् ।

कार्यक्रममा संस्थाको संयोजक डा. तामाड.ले आफ्नो जिल्लामा आफूले नेतृत्व गरेको संस्थामार्फत सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको भन्दै आगमी दिनमा पनि यस्तासहयोग लिएर आउने बताउनु भएको थियो । स्मरणीय छ, उहा डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
