
चोगते । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ ।

शुक्रबार नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकास्थित श्री गणेश माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण तथा छात्रवृत्ति एवम् विविध सम्मान कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै नेता केसीले समानुपातिक निर्वाचन प्रणालीका कारण मुलुकको लोकतान्त्रिक व्यवस्थालाई समेत सुदृढ गर्न नसकिएको दावी गर्नुभयो । उहाले भन्नुभयो, समानुपातिक निर्वाचन प्रणालीका कारण नेताको अघिपछि लाग्नेहरु संसद बन्ने अनि दिनरात जनाको घरदैलोमा पुग्नेहरुलाई अपमान गर्न खोज्ने , अनुभव नभएकाहरु सत्तामा पुग्ने जसका कारण लोकतन्त्र नै सदृढ हुन सकेन ,अब यो समानुपातिक निर्वाचन प्रणाी खारेज गरौं । उहाले यसका लागि संविधान संशोधन गर्नुपर्ने बेला आएको समेत बताउनुभयो ।

नेता केसीले आफुले यो विषय संसदमा पनि उहाएको स्मरण गराउनु भयो । पूर्व शिक्षामनत्री समेत रहनु भएका नेता केसीले मुलुकमा भ्रष्टाचार बढिरहेको भन्दै सबै पार्टीका शीर्ष नेताहरु नै भ्रष्टाचार जोगाउन लागि परिरहेको दावी समेत गर्नुभयो । उहाले भ्रष्टाचारको अन्त्यको सुरुवात एक हजार र पाँच सय नोटबन्दी गर्नुपर्नेमा पुनः जोड दिनुभयो । फरक प्रशंगमा उहाले आफूहरु राजीतितक उदेश्यभन्दा बाहिर रहेर सामाजिक काममा आएको भन्दै देश विकासका लागि सबैभन्दा पहिला शिक्षाको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाले विद्यालयमा कसैले पनि राजनिित गर्न नहुने भन्दै सबै पार्टीले हाम्रो विद्यालय हो भन्ने भावनाकासाथ अघि बढ्नु पर्नेमा पनि जोड दिनुभयो ।

उहाले आफ्ना माता पिताको स्मृतिमा विद्यालयहरुमा आफूहरले धेरै पहिलादखि यस्ता प्रकारका काम गर्दै आएको र यस विद्यालयमा पनि साथीहरुको आग्रहमा सहयोग गरेको बताउनुभयो ।

नेता केसीले आफूहरु सामाजिक भावनाकासाथ आएको कार्यक्रममा पनि सहभागिहरुलाई कार्यक्रममा जान रोक्ने प्रयास भएको भन्दै यस्ता प्रयासबाट अर्जुननरसिंह केसी नडराउने चेतावनी पनि दिनुभयो । यद्यपि उहाले कसले यस्तो भनेका थिए भनेर प्रष्ट त पार्नु भएन तर उहाको आसय कांग्रेसकै अर्को पक्षबाट यस्तो गरिएको घुमाउरो रुपमा संकेत गरेको जस्तो देखिन्थ्यो । उहाले भन्नुभयो , तपाईहरुको यो हर्कतले भोलि निर्वाचन लड्न आउँछु भन्दै हुनुहुन्छ , अनि मेरा साथीहरुले तपाईहरुलाई भोट हाल्छन् त ? प्रतिप्रश्न समेत गर्नुभएको थियो ।

कार्यक्रममा संघीय सांसद सिता मिजार,ट्ष्टका अध्यक्ष डा. केदानरसिंह केसी, महासचिव जगदीश्वरनरसिंह केसी, नेपाली कांग्रेसका नेता कृष्ण कुईकेल, राप्रपाका नेता अणबहादुर प्याकुरेल,नेपाल तरुण दलका केन्द्रीय सदस्य कुमार गुरुड. र सुमन गिरी ,कांग्रेस नेता दिपेन्द्र गिरीसहितका नेता तथा समाजसेवीहरुले आआफ्नो मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थीका लागि यसोदादेवी भगवान्सिंह मेमोरिय ट्ष्टमार्फत विद्यालय पोशाकसहित विद्यार्थीलाई छात्रबृत्ति र सम्मानको आयोजना गरिएको थियो । कार्यक्रममा कलाकाहरुले सांस्कृति कार्यकक्रमका साथ मनोरञ्जन प्रदान गरेका थिए । विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा शिक्षक विद्यार्थी,स्थानीय समाजसेवी, बुद्धिजिवि तथा सर्वसाधारणहरुको पनि सहभागिता रहेको थियो ।
उता सोही पालिकाको अर्को विद्यालय कटुन्जे माविमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत, लगायतका कांग्रेसका नेताहरु सभागि भएका थिए । आफ्नो पालिकाको कार्यक्रम भएकाले पालिका अध्यक्ष सन्तबहादुर घले भने महत पक्ष सहभागि कार्यक्रममा मात्रै सहभागि हुनु भएको थियो ।