
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबीले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवेन्द्र बोगटीले जानकारी दिए।
उनले भने, ‘काठमाडौंबाट ६ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ।’पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु= ४८ लाख नगद पनि बरामद गरेको सिआइबीले जनाएको छ।