
काठमाण्डौ – नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ र सरकारबीच सहमति भएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो । सहमतिसँगै अब पेट्रोलियम पदार्थको ढुवानी नियमित हुने भएको छ ।
छलफलमा सङ्घले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्ने सहमति भएको छ । यो समितिले सङ्घले उठाएका मागबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्नेछ ।
पेट्रोलियम ट्याङ्कर चालक सङ्घ, मन्त्रालय र नेपाल आयल निगमबीच सहमति भएसँगै आजैदेखि पेट्रोलियम पदार्थको आपूर्ति आजैदेखि शुरु हुने निगमले जनाएको छ ।
सङ्घले चालक, सहचालकलाई श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थालगायत सात बुँदे माग राखेर हिजोदेखि थानकोट डिपोबाट इन्धन उठाएका छैनन् । ट्याङ्कर व्यवसायीका विभिन्न सङ्घरसंस्थाको आन्दोलनका कारण आज बिहानैदेि काठमाण्डौ उपत्यकामा पेट्रोल–डिजेलको अभाव भएको थियो । बजारमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भैसकेको थियो । तर अब भोलिबाट नियमित हुने र पम्पहरुमा तेलको अभाव नहुने निगमले जनाएको छ ।