
भक्तपुर । किपा ः ग्राफी संघका अध्यक्ष तथा वरिष्ठ फोटो ग्राफर सुरेजराज शाक्यको दोस्रो एकल फोटो प्रदर्शनी ,झिगु ख्वप, सम्पन्न सम्पन्न भएको छ ।

अषाढ १ गते शनिबार भक्तपुरको लिबालीमा रहेको वल्र्ड दरबार पार्टी प्यालेसमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको हो । जेठ ३० गतेबाट आषाढ १ गतेसम्म सञ्चालन भएको कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बिजुक्छेले एउटा फोटोले धेरै कुरा बताउने भएकालले सुनाई र लेखाइ भन्दा दृष्यबाट धेरै कुरा स्पष्ट हुने बताउनुभयो । उहाँले शाक्यले खिच्नु भएका पुराना फोटाहरुको अझ बढि महत्व रहेको पनि उल्लेख गर्नुभयो । उक्त प्रदर्शनीमा बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले युवाहरुमा फोटोग्राफीको महत्व र रुचि बढाउनुमा क्रियाग्राफीले गरेको योगदानको प्रशंसा गर्नुभएको थियो ।

उक्त कार्यक्रममा फोटो प्रदर्शनीमा सहयोग गर्ने व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा किपा ः ग्राफीका सल्लाहकारहरु अच्चुत प्रजापति र बलराम प्रजापतिले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।

अन्तिम दिनसम्म ५ हजार जनाले अबलोकन गरेको उक्त प्रदर्शनीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले अवलोकनकासाथ समापन गर्नुभएको थियो । कार्यक्रममा मेयर प्रजापतिले भक्तपुर जिल्लालाई समेटेर प्रदर्शनी गरिएको उक्त कार्यप्रति उच्च प्रशंसा समेत गर्नुभएको थियो ।