
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको ध्यानाकर्षणपछि सामुहित तस्बिर खिचाउँदै धादिड. र गोखाका जनप्रतिनिधि तथा राष्ट्यि सभाका सांसदहरु ः तस्बिर, रामनाथ अधिकारीको फेसबुकबाट
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलाशययुक्त बुढिगण्डकी जलविद्युत परियोजनाको निर्माणको सुनिश्चितताका लागि गोर्खा र धादिडंका जनप्रतिनिधिहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा धादिङका सांसद तथा नेपाली कांग्रेसका सभापति रामनाथ अधिकारी, र गोरखा जिल्लाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु मा.बुद्दिमान तामाङ, किरण बाबू श्रेष्ठ कमला पन्त, राजेन्द्र बजगाईं, बिना लामा सहितको उपस्थितिमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको सांसद रामनाथ अधिकारीले जानकारी दिनुभयो । पटक पटक प्रधानमन्त्रीसँग छलफल भएपनि त्यसको थप प्रक्रिया अघि नबढेपछि पुन ः आज प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अधिकारीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
सरकारले झण्डै १० वर्ष अघि नै योजना अघि बढाउने निर्णय गरेको भएपनि अझै उक्त परियोजनाको काम सुरु हुन सकेको छैन । निर्माणकार्य शुरू हुनुपूर्व सम्पन्न गर्नुपर्ने मुआव्जा वितरण, लगत कट्टा, विस्थापित नागरिकहरूको पुनर्वास तथा पुनर्स्थापना, बाहिरी चक्रपथ निर्माण, प्रभावित नागरिकका गुनासोका फाईलको सम्बोधन हुन बाँकी नै रहेको छ । थोरैले मात्र मुआब्जा पाएको भएपनि अझै धेरैले पाउन बाँकी रहेको छ ।
मुआब्जा विवादका कारण पनि सरकारले उक्त काम अघि बढाउन सकेको छैन । जनप्रतिनिधिहरुले बहुउद्देश्यीय रूपको भएकोले यसको निर्माण अवधि पनि लामो रहेकाले तत्काल निर्माणकार्य शुरूवातको लागि प्रधानमन्त्री छलफल गरेका गरेका हुन । जनप्रतिनिधिहरुसँगको छलफलमा प्रधानमन्त्रीले आवश्यक प्रक्रियाहरु पूरा गरेर निर्माणको प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनु भएको अधिकारीले जानकारी दिनुभयो ।
आयोजनाका कारण प्रभावित हुने ८ हजारभन्दा बढी परिवारलाई मुआब्जा प्रदान गर्नुपर्ने अवस्था छ । त्यसमध्ये कमैले मात्र पाएका छन् । झण्डैे १२ सय मेगावाटको विद्याुत उत्पादन क्षमता रहेको उक्त आयोजनामा राजनीतिक किचलो, मुआब्जासहित कारले गर्दा आयोजना बन्नेमा अनिश्चिता बढ्दै गएको छ ।