
नुवाकोट । महिलाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटको शिवपुरीका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा छन् ।
उनलाई महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए ।