
काठमाडौं । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले हात पार्न सफल भएका छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् ।

यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे ।दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरेका छन् । बर्दियामा जन्मिएका उनी सामान्य परिवारका सदस्य हुन । उनको प्रतिभा भने लोभलाग्दो नै थियो । हरेक प्रस्तुतीमा उनको प्रतिभा देखेर निर्णयक मण्डलनै निकै उत्साहित त कहिले ेभावुक समेत बनेका थिए ।
उनले नाम चलेका राष्ट्यि कलाकारहरुसँग पनि उत्तिकै उत्साहकासाथ आफ्नो प्रस्तुती दिन सफल भएका थिए । सुरु देखिनै उनको प्रस्तुतीप्रति आम रुपमा प्रसंशा पाउँदैे आएका थिए । सामाजिक सञ्जालमाबाट समेत उनले आफ्नो प्रस्तुतीप्रति निकै वाही वाही पाएका थिए । जसले गर्दा उनले नेपाल आइडलको ताज पहिरिन पनि सफल भएका छन् ।