
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रकाश पन्तको अध्यक्षतामा गठिन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन गर्नुभएकोछ ।सभापति देउवाले शुक्रबार ४६ जनालाई संघको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि सभापति देउवाले पूतपूर्व शैनिक संघमा पनि मनोनयन गर्नुभएको थियो ।
पार्टीको विधान अनुसार भातृ संस्थामा अधिवेशन नहुँदा पार्टी सभापतिले तदर्थ समितिका रुपमा मनोनयन गर्ने व्यवस्था रहेको छ । कांग्रेसमा पार्टीको विभागले भने अझै पुर्णता पाउन सकेको छैन ।
