
नेपाल पत्रकार महासंघका अध्यक्षलाई निर्वाचनको कार्यतालिकाप्रति असहमति जनाउँदै ज्ञापनपत्र बुझाउँदै प्रेस युनियनका पदाधिकारी तथा सदस्यहरु ,तस्बिर ः विनिता डंगोल, नुवाकोट पुकार
विनिता डंगोल
काठमाडौं । नेपाल पत्रकार महासंघले हालै मात्रै घोषणा गरेको कार्यतालिकाप्रति प्रेस युनियनले पनि असहमति जनाएको छ । सदस्यता विवाद समाधान नभई निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको विषयमा युनियनले आज पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघको कार्यालयमा पुगेको युनियनका उपाध्यक्ष प्रेम केसी तथा महासचिव दिलिप पौडेलको नेतृत्वमा पुगेको युनियनका पदाधिकारी तथा सदस्यहरुको टोलीले अध्यक्ष पोखरेलको ध्यानाकर्षण गराएका छन् । युनियनले बुझाएको ज्ञापनपत्रमा सदस्यता विवाद समाधान नभएसम्म निर्वाचन हुन नसक्ने भन्दै पहिला सदस्यता विवाद समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने आफूहरुको धारणा रहेको र यथास्थितिमा निर्वाचन सम्भवन नभएको दावी गरेका छन् ।
पत्रकार महासंघले हिजोमात्रै असार २३ गतेका लागि निर्वाचन गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको थियो । उक्त कार्यतालिकाप्रति समाजवादी प्रेस संगठनले पनि आपत्ति जनाएको छ । यस्तै मधेश प्रदेशका जिल्लाहरुले पनि सदस्यता विवाद सधान नभईकन निर्वाचन हुन नसक्ने भन्दै आजमात्रै विज्ञप्ति जारी गरेका छन् । उनीहरुलेयथास्थितिमा निर्वाचनमा भाग लिन नसक्ने चेतावनी समेत दिएका छन् । महासंघमा सदस्या शुद्धिकरणका नाममा भैरहेको विवादका कारण निर्वाचन अनिश्चित बन्दै गएको छ