
विदुर । नागरिक समाज नुवाकोटले जिल्लाको विकास निर्माणका विषयमा गुणस्तरहिन काम भएको भन्दै जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष बद्री त्रिपाठीको नेतृत्वमा गएको टोलीले जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम ठकुरीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

नागरिक समाजले प्रमुख ठकुरीलाई बुझाएको तीन बुँदे ज्ञापनपत्रमा नुवाकोट जिल्लामा आर्थिक वर्ष २०८०।०८१ मा भएको निर्माणका कामहरु ज्यादै गुणस्तहिन र बजेट सकाउने काम मात्रै भएको भन्दै त्यस्ता योजनाहरुको भुक्तानी रोक्न र जिल्ला समन्वय समितिको संयोजनमा जिल्लामा रहेका अन्य प्रवुद्ध समूह सम्मिलित अनुगमन समिति बनाउन पनि माग गरिएको छ । यस्तै सडक डिभिजन कार्यालय र ठेकेदारहरुको लापरबाहीकासाथ भएका योजनाहरु गुणस्तर कम भएको निश्कर्ष पनि निकालेको छ ।