
काठमाडौं । लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बमजन बाल यौन दुर्व्यवहारमा दोषी ठहर भएका छन् ।

सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरेको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो । लिटिल बुद्धका नाममा उनले बौद्ध धर्मको प्रचार गर्दै आएका थिए । उनलाई केही महिना अगाडि राजधानीको एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गर्न सफल भएको थियो ।