
बाघाखोर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको दोस्रो नगरसभा तथा चौथो अधिवेशन आज आयोजना गरिएको छ । असार १० गते बेलकोटगढी नगरपालिकामा आयोजित नगरसभामा मेयर जगत बहादुर गुरुड.ले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो भने उपमेयर शिव दाहालले आर्थिक वर्ष २०८१।०८२ का बजेट पेश गर्नुभएको थियो ।

कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीको प्रमुख आतिथ्यतामा भएको नगरसभामा मेयर गुरुड.ले पेश गर्नुभएको नीति तथा कार्यक्रममा नगरपालिकाको आर्थिक,समाजिक विकासका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटनमा जोड दिइएको छ । यसका लागि उपमेयर शिव दाहालले पेश गर्नुभएको आर्थिक वर्ष २०८१।८२ को लागि ८९ करोड ८८ लाख २७ हजार बजेट विनियोजन गरिएको छ । यो समाचार तयार पार्दासम्म उपमेयरले आर्थिक वर्षका लागि आय व्यय विवरण सार्वजनिक गर्दै हुनुुहन्छ ।
मुलुकमा संघीयता स्थापनासँगै पाँच वटा गाविलाई गाभेर बनाइएको नगरपालिकाको विकासका लागि संघीय सरकारको अनुदान, प्रदेश सरकारबाट प्राप्त अनुदानसहित नगरपालिकाबाट प्राप्त हुने राजश्व तथा आन्तरिक स्रोतलाई आधार मानेर बजेट विनियोजन गरिएको उमपेयर दाहालले पेश गर्नु भएको बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।
यसअघि नीति तथा कार्यक्रम पेश गर्दै मेयर गुरुड.ले शिक्षा तथा युवा खेलकुदका कार्यक्रम अन्र्तरगत हरेक विद्यालयमा विद्यालयहरुलाई प्रोत्साहन गर्ने , कक्षा आठको परीक्षाका लागि केन्द्र कायम गरेर थप व्यवस्थित गरिने , सबै विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तक्रिया गरेर गुणस्तरीय शिक्षाका लागि अघि बढ्ने, अंग्रेजी विषयको अध्ययन गराउन पहल गरिने सहित व्यवहारिक जीवनपयोगी शिक्षामा जोड दिइएकोे छ । सरकारी सुविधा प्राप्त गर्ने कर्मचारी, शिक्षक, कर्मचारीहरले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने वातावरण तयार पारिने र त्यस्तो नभए नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधामा रोक्का गर्ने नीति लिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

युवाहरुलाई खेलकुदामा आकर्षित गर्न खेलकुद विकास समिति गठन गरिने, शिक्षकहरुको दरबन्दी मिलानमा जोड दिने, बालकविास शिक्षक तथा कर्मचारीलाई हाल प्राप्त हुँदै आएको मासिक पारिश्रमकिलाई नियमित गर्ने,माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि बाल युवा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने र त्यसका लागि स्वास्थ्य संस्थाहरुको स्तरोन्त्तरी गरिने पनि कार्यक्रममा उललेख गरिएको छ ।
नागरिकलाइ निः शुल्क रगतको पाउने व्यवस्थालाई थप व्यवस्थित गरिने, गर्भवती तथा जन्मने बालबालिकालाई अण्डा तथा पौष्टिक तेल उपलब्ध गर्ने, ६ वटा स्वास्थ्य केन्द्रबाट नै प्रसुती गराउने व्यवस्था गरिने , नियमित खोप सेवा,आँखा शिविर जस्ता कार्यक्रम नियमित गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । बालबालिकाहरुलाई नियमित खोपको व्यवस्थागरि नियमित खोपको व्यवस्था गरिने , बेलकोगढी नगरपालिका वडा नं८ मा रहेको स्वास्थ्य केन्द्रलाई क्षयरोग अनुसन्धान केन्द्रको रुपमा विकास गरिने , क्यान्सर, सुगर लगायतका नसर्ने रोगहरुको लागि ३० वर्षदेखि माथिका नागरिकहरुका लागि समुदायमा नै पुगेर चेकचाँज गरिने, ६० वर्ष अवधीमा सेवा गरेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई विशेष सुविधा प्रदान गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै नुवाकोट जिल्लाको प्रसिद्ध रुपमा विकास हुँदै आएको चिक्टेश्वरलगायतका क्षेत्रहरुको पर्यटकीय रुपमा विकास गर्नका लागि नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाभित्रका सडकहरुलाई थप व्यवस्थित गर्ने, कालोपत्रे गर्ने विषयमा पनि संघीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने कार्यक्रममा उल्लेख गरिएको छ । कार्यक्रममा आगामी दुई वर्षभित्र नगरपालिकाको प्रसाशकिय भवन निर्माण सम्पन्न गर्दै आफ्नो भवनबाट सेवा प्रवाह गर्ने पनि नीति तथा कार्यक्रमम उल्लेख गरिएको छ ।

यसअघि नगरसभामा संघीय सांसद विमला सुवेदी, प्रदेशसभा सदस्य रामप्रसाद ढुंगाना,संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रम ठकुरी, नेकपा एमालेका नेता तथा पूर्व सांसद नारायण खतिवडा, एमाले नेता तथा पूर्व प्रदेशमन्त्री केशव पाण्डेले लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । नगर अधिवेशनमा पार्टीका नेताहरुको मन्तव्यका कारण साँझ मात्रै बजेट बक्तव्य पेश गरिएको थियो ।