
विदुर । विवादकाबीच जिल्लाको तारकेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि बजेट ल्याएको छ । असार १० गते गाउँपालिकामा आयोजित गाउँसभामा अध्यक्ष शिव अधिकारीले पेश गर्नुभएको नीति तथा कार्यक्रममा आधारित भएर गाउँपालिकाले बजेट ल्याएको छ ।

उपाध्यक्षसहित केही वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिस्कार गरेपछि कार्यपालिका सदस्य तथा वडा नं ५ का वडा अध्यक्ष अशोक तामाड.ले बजेट पेश गर्नुभएको थियो । ३२ जना कार्यपालिका सदस्य रहेको गाउँसभामा १८ जनाको हस्ताक्षरसहित बजेट,नीति तथा कार्यक्रम पारित गरिएको छ ।
कार्यपालिकाको बैठकपछि सामूहिक रुपमा फोटो सेसन पनि गरिएको थियो । यस्तै गाउँसभाले मिडिया कार्यसञ्चालन सम्बन्धि विधेयक र ढुंगा,गिटी,बालुवा तथा क्रसर दर्ता तथा सञ्चालन सम्बन्धि विधेयकलाई जस्तातको तस्तै पारित गरेको छ । पालिकामा गाउँसभा भैरहेका बेला कार्यपालिका सदस्य तथा स्थानीयहरुको उपस्थितिमा नारा लगाइएको थियो भने अप्रिय अवस्था सिर्जना नहोस् भन्दै सुरक्षाकर्मी समेत तैनाथ गरिएको थियो ।