
शिवपुरी । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाले असार १० गते आर्थिक वर्ष २०८१।०८२ का लागि बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष गोविन्द थपलीयाले पेश गर्नुभएको नीति तथा कार्यक्रममा आधारित भएर उपाध्यक्ष विर बहादुर तामाड.ले आर्थिक वर्ष २०८१।८२ का लागि बजेट पेश गर्नुभएको थियो ।

उपाध्यक्ष तामाड.ले ५६ करोड ७९ लाख ३५ हजारको आय व्यय विवरण पेश गर्नुभएको छ । संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र स्थानीय स्रोतबाट प्राप्त हुने राजश्व र आन्तरिक आम्दानीलाई आधार मानेर बजेट निर्माण गरिएको उपाध्यक्षले पेश गर्नु भएको बजेटमा उललेख गरिएको छ । यसअघि अध्यक्ष थपलीयाले नीति तथा कार्यक्रम पेश गर्दै संविधानमा उल्लेख गरिएको व्यवस्था अनुसार संघ र प्रदेश प्राप्त नीति तथा कार्यक्रम, स्थानीय तहबाट आएका सुझावहरुलाई आधार मानेर कार्यक्रम तयार गरिएको जानकारी गराउनु भएको थियो ।
अध्यक्ष थपलीयाले पेश गर्नुभएको कार्यक्रममा कृषिको विकास,शिक्षा र स्वास्थ्यमा स्तरोन्त्ररी, पर्यटन, भौतिक पूर्वाधारलाई जोड दियएको छ । यस्तै कार्यक्रममा स्थास्थ्य सेवाको विकास, शिक्षामा गुणस्तरीय कायम गर्ने वातावरण तयार गर्ने, शिक्षकहरुलाई नियमित तलब भुक्तानी गर्ने,पालिकाको सबै वडासम्म सडकको पहुच पुर्याउने लगायतका कार्यक्रमा उल्लेख गरिएको छ । यस्तै पालिकाको वार्षिक कार्ययोजहरु पारदर्शीता र जवाफदेहितामा आधारित हुने पनि उल्लेख गरिएको छ ।

सम्पूर्ण स्वदेशी उद्योगहरुको विकास गरिने, पर्यटन पूर्वाधार विकास गर्ने, पर्यटकीय क्षेत्रहरुमा सडक सञ्जाल विस्तार गरिने, विभिन्न जाँतजातीहरुको धार्मिक तथा ऐतिहासिक परम्पराको पहिचान गराउन पर्यटकीय क्षेत्रहरुमा राखिने, होम स्टे घरबास कार्यक्रमको कार्यविधि अनुसार सञ्चालन गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषिजन्य उत्पादन तथा पकेटजन्य क्षेत्रहरुको विकास गरि सामुहिक कृषि खेतीलाई प्रोत्सहान गर्ने, एकघर एक कम्पोटमल उत्पादन गर्न प्रवद्धन गरिने , कृषिलाई आधुनिकिरण गर्न सहुलियतमा कृषि औचारको व्यवस्था गरिने पनि कार्यक्रममा उललेख गरिएको छ । अध्यक्ष थपलीयाले आर्थिक वर्ष २०८० ।०८१ मा भएका कार्यक्रमहरुको प्रगती विवतरण पेश गर्दै ११५० पक्की सडक निर्माण गरिएको पनि कार्यक्रमम उल्लेख गरिएको यस्तै २५ वटा पककी कल्वट र दुई वटा झोलुड्.गे पुल पनि निर्माण गरिएको उल्लेख गरिएको छ ।

आगामी वर्ष एक घर एक धाराको कार्यक्रम अन्र्तरगत १२ सय घरधुरीमा खानेपानी पुर्याएको पनि कार्यक्रममा उल्लेख गरिएको छ । शिवपुरी स्थानीय पाठ्यक्रम निर्धारण गरि कार्यान्वयनमा ल्याएको , गुरुकुल शिक्षालाई अनमुपति प्रधान, दरबन्दी मिलान सम्पन्न, दन्त शिविर, आँखा शिविर,अपाड.परिचयपत्र वितरणका कार्यक्रम पनि सञ्चालन गरिएको कार्यक्रममा उल्लेख गरिएको छ ।