
काठमाडौं । सांगीतिक क्षेत्रमा क्रियाशिल अग्रज तथा नव प्रतिभावान कलाकारहरुलाई सम्मान तथा प्रोत्सान गरिने भएको छ । एन एस म्युजिक प्रालिले आउँदो असार १५ गते ऐतिहासिक दोस्रो डाईमण्ड म्यूजिक अवार्ड २०२४ फाइनल कार्यक्रम गरि सम्मान गर्न लागेको हो ।

शनिबार पर्यटन बोर्ड आयोजना हुने ४० बिधाको मनोनयन अनुसार राष्ट्रिय भाबको गित, मौलिक गित, भाषा भाषी गित,काठे लोक दोहिरी, लोक दोहोरी गित, सुगम संगित, पप गित समेत का बिधा बाट करिब ७० वटा अवार्ड प्रदान गरिने तयारी गरिएको संस्थाकी अध्यक्ष सिम्रन दुलालले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

संस्थाकी अध्यक्ष तथा कलाकार सिम्रन दुलाल
अध्यक्ष दुलालका अनुसार उक्त समारोहमा नेपाली कालाकारिता क्षेत्र मा विशेष योगदान गर्नु हुने अग्रज तथा लोक प्रिय कलाकार र सन्चारकर्मी पत्रकार हरु लाई सम्मान गरिने छ । नमराज ढुंगानाको संयोजकत्वमा सम्पन्न हुने कार्यक्रममा नेपाली साङितिक क्षेत्रमा योगदान पुर्याउनु हुने करिब दुई दर्जन कलाकार पत्रकार संचारकर्मी,समाजसेवीलाई पनि सम्मान गर्ने जानकारी अध्यक्ष दुलाले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक नमराज ढुंगाना
डाईमण्ड म्यूजिक श्रष्टा सम्मान२०२४
सम्मानितहरुको नामाबली
लोक संम्राट, कुमार बस्नेत वरिष्ठ लोक गायक लाईफ टाईम अचिभमेण्ट अवार्ड
वरिष्ठ संगीतकार, गायक, फिल्म निर्माता नारायण रायमाझी
वरिष्ठ कलाकार पाईलट विजय लामा
वरिष्ठ कलाकार सरिता लामिछाने
वरिष्ठ हाँस्य कलाकार किरण केसी
वरिष्ठ हाँस्य कलाकार शिव हरि पौडेल
वरिष्ठ पत्रकार एवम् सञ्चारकर्मी प्रकाश सुवेदी
वरिष्ठ पत्रकार विदुर गिरी
वरिष्ठ पत्रकार विश्वमणी सुवेदी
सञ्चाकर्मी एवम् लोक संस्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम
नायक धिरेन शक्य
नायक विराज भट्टबरिष्ठ गायिका तीर्थ कुमारी थापा
वरिष्ठ गायिका ईन्दिरा गोले गुरुङ्ग
वरिष्ठ गायक हरि बहादुर रावत गायक तथा सर्जक राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष, रोयल्टी संकलन समाजका उपाध्यक्ष, चन्द्र शर्मा ,गायक तथा सर्जक, राष्ट्रिय संगीतकर्मी संघका संस्थापक अध्यक्ष, घमेश दुलाल
पल शाह, दर्शकका सर्वोत्कृष्ट नायक सम्मान
सञ्चाकर्मी कमल सरगम
सञ्चाकर्मी शरण हुमागई
साथै नेपाली गीत, संगीत संग सम्बन्धित विभिन्न विधाका कलाकारहरुलाई सम्मान पनि सम्मान गरिने