
विदुर । नुवाकोट जिल्लाको अग्रणी सहकारी संस्था त्रिशुली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई स्वरोजगारमुलक तामिल सञ्चालन गरेको छ ।

सहकारीको आर्थिक वर्ष २०८०।०८१ अन्र्तरगतको कार्यक्रम अनुसार महिला उत्तमी शिप विकास अन्र्तरगत शेयर सदस्यहरुलाई निःशुल्क तालिम सञ्चालन गरिएको सहकारीका अध्यक्ष हरिलाले श्रेष्ठले जानकारी दिनुभयो । सहकारीले शेयर सदस्यहरुका परिवारमध्ये एक जनालाई स्वरोजगारमुकल तालिम सञ्चालन गरेको हो । असार १० गते मंगलबारबाट सुरु भएको तालिमको उद्घाटन् सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले गर्नुभएको थियो ।
सहकरीले सेयर सदस्यहरु महिलाहरुलाई एक महिने बुटिक तालिम सुरु गरेको छ । तालिमका लागि नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाहरुको छनोट गरि उनीहरुबाट नै तालिम प्रदान गरिएको छ । तालिमका लागि के के ब्युटी हाउस विदर १ बाट कृतना खतिवडा,करिष्मा ब्यूटि स्टुडियो एण्ड टे्निड. सेन्टर विदुरबाट करिना खतिवडा,श्रीयात्रा ब्युटी पार्लरबाट उर्मिला श्रेष्ठ र अन्जली ब्युटी पार्लर एण्ड टेनिड. सेन्टरबाट अञ्जली राजभण्डारीले तालिम प्रदान गर्नुहुने सहकारीका प्रबन्धक हरिशचन्द्र अमात्यले जानकारी दिनुभयो ।

तालिममा सहकारीमा आवद्ध सेयर सदस्यहरु सहभागि रहेको बताइएको छ । एक महिना सञ्चालन हुने तालिम प्राप्त भएसँगै त्यसको सहि रुपमा सदुपयोग गर्न सकेको खण्डमा स्वरोजगार बन्न सकिने सहकारीले विश्वास लिएको छ । तालिममा १ सय जना भन्दा बढि महिलाको सहभाभिता रहेको सहकारीले जनाएको छ ।

नुवाकोट जिल्लामा सहकारीले यसरी आफ्ना शेयर सदस्यहरु महिलाहरुका लागि स्वरोजगारमुक तालिम प्रदान गरेको सम्भवत यो पहिलो पटक हो । उक्त सहकारीले स्थानीय तहहरुमा शाखा सञ्चालन गर्ने नीति अनुसार बेलकोटगढी वडा नं ७ रातमाटेमा पनि सदस्यता सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सहकारीले तालिमको समापन भने भव्य रुपमा गर्ने जनाएको छ ।