
चौघडा । नुवाकोट लिखुका युवा कृषक रामचन्द्र अगस्ती सम्मानित भएका छन् । कृषि प्रणालीलाई आधुनिकिकरण गर्दै आफ्नै प्रयासमा विभिन्न कृषि औचार समेत निर्माण गर्दै आएका लिखु ४ चौघडाका युवा कृषक अगस्तीलाई आज राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन नुवाकोट क्षेत्र नं १ ले सम्मान गरेको हो ।

असार १५ तथा धान दिवसको उपलक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राप्रपा निर्देशन समितिका अध्यक्ष तथा पुर्ब कृषि मन्त्री डा. प्रकाश चन्द्र लोहनीले सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रम किसान संगठनका केन्द्रीय सदस्य अर्जुन थपलियाको विशेष पहलमा र क्षेत्रीय अध्यक्ष मदन पंडितको अध्यक्षतामा बिबिध असारे भाकाका घाँसे गितका कार्यक्रम सहित समापन भएको छ ।
युवा कृषक अगस्ती राप्रपाका युवक संगठनका केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।कोरियाबाट नेपाल फर्केर उनी कृषि कर्ममा सक्रिय छन् । उनको कृषि कार्यलाई सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमले समेत स्थान दिएर समाचार प्रकाशित गरेका थिए ।