
बेलकोटगढी नगरपालिकाद्धारा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्र्तरगत अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनको लागि बाख्रा बितरण गरिएको छ । नगरपालिकाभित्रको १३ वडाभित्रका अपाड्.गता भएकाहरुको जविकोपार्जनका लागि नगरपालिकाको सहयोगमा बेलकोटगढी अपाङ्गता असहाय सहयोगी संस्थाको समन्वयमा बाख्रा वितरण गरिएको हो ।

नगरपालिकाले प्रत्येक वडामा दुई जनाका दरलले २६ जनासहित अन्य दुई गरेर २८ ओटा बाख्रा वितरण गरेको नगरपालिका कार्यालयले जनाएको छ ।
नगरपालिकाले प्रति बाख्रा १० रुपयाँ अनुदान प्रदान गरिएको बताइएको छ । लम्कने प्रकारको उक्त बाख्राबाट एक पटकका दुई ओटासम्म पाठापाठी पाउने भएकाले व्यवसायिक हिसाबले यस्ता बाख्रा उपयुत्तः हुने बेलकोटगढी नगरपालिका पशुखाशाले जनाएको छ ।
आज नगरपालिकामा एक विशेष कार्यक्रमकाबीच उपमेयर शिव दाहालले बाख्रा हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा उपमेयर दाहाललेअपाङ्गता भएकाहरुका लागि जिविकोपार्जमा केही सहजता होस् भनेर नगरपालिकाले बाख्रा वितरण गरेको भन्दै यसको सहि उपयोग गरेर आम्दानीको स्तर बढाउन पनि सुझाव दिनुभयो ।

सो अवसरमा वडा अध्यक्षहरु तथा अन्य विभागिय प्रमुख तथा कर्मचारीहरको पनि सहभागिता रहेको थियो । यसअघि नगरपालिकाले कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा टयक्टर वितरण गरेको थियो । नगरपालिकाको यस्ता कार्यप्रति नागरिक तहमा उत्साह छाएको छ ।