
विदुर । सरकारी सेवा लिन जाने जेष्ठ नागरिकहरुले अब कार्यालयभित्र सेवासहित उपचारपनि पाउने भएको छन् । जेष्ठ नागकिरलाई सेवासहित उपचार भन्ने भावनाकासाथ जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजबाट यस्तो सेवाको सुरुवात गरेको छ । आज एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सो सेवाको शुभारम्भ गर्नुभएको थियो । अबयो सेवा नियमित हुने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार प्रशासन कार्यालयमा सेवालिन आउने जेष्ठ नागरिक सेवाग्राहीहरुलाई त्रिशुली अस्पतालसँगको समन्वयमा निस्शुल्क स्वास्थ्य परीक्षण, तथा औषधि वितरण गरिने छ । स्वास्थ जाँचका लागि अस्पतालका चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्ने बताइएको छ ।

तस्बिर, जिल्ला प्रशासन कार्यालय नुवाकोट