
ललितपुर । नेपाल प्रेस युनियन ललितपुर शाखाद्धारा पत्रकार महासंघ सो शाखा परिसरमा विरोध जनाएका छन् ।
महासंघ ललितपुर शाखाले जिल्लामा क्रियाशिल पत्रकारहरुले समेत नचिन्ने गैर पत्रकारलाई महासंघको सदस्यता दिने कार्य भएको भनी आज धर्ना बसेका हुन् ।

महासंघको आगामी चुनावमा विजय हासिल गर्न गैर पत्रकारलाई दिइएको सदस्यता खारेजको माग सहित आफूहरुले विरोध जनाएको यूनियन ललितपुर शाखाको अध्यक्ष केदारनाथ दाहालको भनाइ छ । सो यूनियनका सदस्यले जारी गरेको धर्नामा विधि र प्रक्रिया विपरित सार्वजनिक गरिएको नामावली खारेज गर्नुपर्ने तथा जिल्ला र प्रदेशबाट सिफारिस गरेका एवं योग्यता पुगी आवेदन दिएका सदस्यको सदस्यता कायम गर्नुपर्नाका साथै नविकरण छुटेका र मापदण्ड पुगेका पत्रकारको नविकरण गर्नुपर्ने माग राखेका छन् ।
यसैगरी सो विरोध कार्यक्रममा अन्य शाखामा शुद्धिकरणमा परी हटाइएकालाई सो शाखामा पुनः सदस्यता दिने काम बन्द गर्न तथा सदस्यता शुद्धिकरणमा गरिएको मनपरि अन्त्य गर्न एवं विद्यान विपरितका गतिविधि तत्काल अन्त्य गर्नाका साथै सदस्यता लिने मापदण्ड सदस्यता विवाद टुङगाएर मात्रै निर्वाचनको मिति घोषणा गर्न धर्नामा राखिएको व्यानर उल्लेख गरिएको देखिन्छ ।