
काठमाण्डौ – नेपाली कांग्रेस र एमालेबीच नयाँ सहमत बनेसँगै वतृमान पुष्पकमल दाहाल नेतृत्वको सरकार संकटमा परेको छ । दाहाल नेतृतवको सरकार ढल्ने निश्चित भएसँगै सत्ताको एक सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी ,रास्वपा, सरकारबाट बाहिरिने भएको छ । परिवतिृन राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस—एमाले सत्ता समीकरण बन्ने कुरा नागरिकको हितमा नरहेको जिकिर गर्नुभयो । उहाँले नेपालको राजनीतिमा चलखेल निरन्तर भइरहेको बताउनुभयो । उहाँले अब बन्ने गठबन्धनमा रास्वपा नरहने पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा एक खालको अस्थिरता, यो खालको चलखेल निरन्तर भइरहेको छ । त्यो नहोस् भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको चाहना हो । विगतमा पनि हामीले स्थायित्वका लागि कही प्रयास गरेका थियौँ । सबै कुरा हामीले चाहेको जस्तो पनि हुँदैन । पछिल्लो सयमा जे भएको छ, यसमा पनि देश र नागरिकको हितमा छ भन्ने लाग्दैन । यस घटनाक्रमलाई हेर्दा अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ । अर्को सरकार अघि बढ्ने प्रक्रिया भएपछि हामी सरकार छोड्छौँ ।’रास्पवाले पुराना दलहरु पुरानै प्रवृतीबाट पछि नहटेको निश्कर्ष समेत निकालेको छ ।