काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीमाथि प्रतिनिधि सभा बैठकमा तीन वटा आपत्ति जनाएको छ ।
एमाले सांसद गुरु बरालले नियमापत्ति गर्दै प्रधानमन्त्री शाहको भूमिकाप्रति प्रश्न उठाएका हुन् ।
सांसद बरालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पोसाक नलगाएको विषयमा आपत्ति जनाए । उनले राष्ट्रिय पोसाकको पालना हुनुपर्ने भन्दै सभामुखमार्फत निर्देशनको माग गरे ।
त्यस्तै, प्रधानमन्त्री शाह नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला बीचमै बैठक छाडेर बाहिरिएको भन्दै पनि एमालेले असन्तुष्टि जनाएको छ । सांसद बरालले प्रधानमन्त्रीको नीति तथा कार्यक्रमप्रतिको दृष्टिकोण के हो भन्ने प्रश्न समेत उठाए ।
यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह अगाडिको लहरमा बसेर कुराकानी तथा छलफलमा व्यस्त रहेको विषयमा पनि एमाले सांसद गुरु बरालले आपत्ति जनाएका छन् ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्