विदुर । नुवाकोट जिल्लाकाे बेलकोटगढी नगरपालिकाको सामुदायिक विद्यालयतर्फको एसइई –२०८२ नतिजा गत वर्षको तुलनामा खस्किएको देखिएको छ । गत वर्ष नगरपालिकाको समग्र उत्तीर्ण प्रतिशत ६४ रहेकोमा यस वर्ष ६०.०९ प्रतिशतमा सीमित भएको हो ।यसमा ३९.१ प्रतिशत विद्यार्थी उनुत्रीर्ण भएका छन् ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष ४४४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये २५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । समग्र नतिजामा गिरावट देखिए पनि केही विद्यालयले उत्कृष्ट सफलता हासिल गरेका छन् । केही विद्यालयको नतिजा भने अत्यन्त कमजोर देखिएको छ ।
यस वर्ष कल्याणीदेवी माध्यमिक विद्यालय,पञ्चकन्या माध्यमिक विद्यालय र महामाया माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट विद्यालयको सूचीमा स्थान बनाउन सफल भएका छन् । कल्याणीदेवी माविबाट सहभागी २६ जना र पञ्चकन्या माविबाट सहभागी २८ जना विद्यार्थी सबै उत्तीर्ण भएका हुन् ।महामायामा १४ जनाले परीक्षा दिएका थिए । प्रतिशतका रुपमा चाैथाे रहेकाे महादेव मावि महादेवफाँटले ८२ प्रतिशत विद्यार्थी उत्रीर्ण गराउन सफल भएको छ ।महादेव माविमा ५० जनाले परीक्षा दिएकाेमा ४१ जना ग्रेडेड भएका छन् ।
त्यसैगरी, निरञ्जना मावि,७४.२ विरेन्द्र माध्यमिक विद्यालय ७३ .७ प्रतिशत नतिजासहित उत्कृष्ट विद्यालयमध्ये अग्रस्थानमा देखिएको छ । निरञ्जनाबाट ३१ विद्यार्थी मध्ये २३ जना ग्रेडेड भएका छन् ।यस्तै विरेन्द्र माध्यमिक विद्यालयबाट सहभागी १९ जनामध्ये १४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तै गाैलिङ्गेश्वरी मावि बेलकाेटगढी ६ ले ५५ प्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट ७ मा पर्न सफल भएको छ । यस्तै लक्ष्मेश्वरीले ५२,कामरुदेवी माविले ४८, सुर्यमती माविले ४८ प्रतिशत उत्रीर्ण गराएकाे छ ।भृकुटी मावि ४५, शक्ति माविले ४५,पञ्चामे माविले ३१.९ प्रतिशत विद्यार्थी उत्रीर्ण गराएकाे छ
यद्यपि, केही विद्यालयको नतिजा भने निकै कमजोर देखिएको छ । मालिका माध्यमिक विद्यालयको उत्तीर्ण प्रतिशत सबैभन्दा कम १६.७ प्रतिशत मात्रै रहेको छ । उक्त विद्यालयबाट सहभागी २४ जनामध्ये ४ जना मात्र उत्तीर्ण भएका छन् । बेलकोटभञ्ज्याङ माविको ४३.८ प्रतिशत नतिजा आएको छ । गत वर्ष १६ प्रतिशत विद्यार्थी उत्रीर्ण गराएकाे शिलादेवीले नतिजामा सुधार गरेकाे छ ।शिलादेवीले १७ विद्यार्थीमा ७ जना उत्रीर्ण गराएकाे छ ।
कमजोर नतिजाले स्थानीय सरकार विद्यालय व्यवस्थापन समिति अभिभावक र सरोकारवालामाझ चिन्ता थपिएको छ । संविधानले विद्यालय शिक्षाकाे जिम्मेवारी स्थानीय सरकारलाई दिएकाे छ ।
नगरपालिकाभित्र यस वर्ष ७ जना विद्यार्थीले A+ जीपीए प्राप्त गरेका छन् । उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूमा पञ्चासे माविका दिपेश अधिकारी (३.७९), महादेव मावि महादेवफाँटकी मावि वर्षा गिरी (३.७५) र कल्याणीदेवी माविकी भवानी न्याैपाने (३.७१) रहेका छन् ।आरुखर्क माविकाआयुष ढकाल (३.६६) विरेन्द्र माविका अंकित पुडासैनी (३.६६) कल्याणीदेवीका सन्ताेष सुवेदी (३.६६) र शिलादेवीकी प्रिती राईले ३.६२ जिपिए ल्याउन सफल भएका छन् ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्