सुनको मूल्यमा सामान्य गिरावट, चाँदी महँगियो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ८, शुक्रबार ११:०९


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *