निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा स्थगित, आकस्मिक सेवा मात्रै सञ्चालन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १३, बुधबार ११:४३

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट बढ्दै गएपछि निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिँदै आएका स्वास्थ्य बिमा सेवाहरू स्थगन गर्ने निर्णय गरेको छ ।

बोर्डको निर्णयअनुसार आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य बिमा सेवा आगामी २०८३ साल जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि बन्द हुनेछन् ।


स्वास्थ्य बिमा बोर्डले जारी गरेको सूचनामा वित्तीय संकटलाई मध्यनजर गर्दै नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा मेडिकल कलेजहरूमा बिमामार्फत प्रदान गरिने नियमित सेवा स्थगन गरिएको उल्लेख छ ।


यो निर्णयसँगै निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बिमामार्फत उपचार गराउँदै आएका सर्वसाधारण प्रत्यक्ष प्रभावित हुने भएका छन् । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुने बोर्डले जनाएको छ ।


स्वास्थ्य बिमा बोर्डको यही जेठ ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *