विज्ञान माविमा नागरिकता तथा पासपोर्ट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १३, बुधबार १८:१५

नुवाकोट — इलाका प्रशासन कार्यालय सातविसेको आयोजनामा तादी गाउँपालिका–५ स्थित विज्ञान माध्यमिक विद्यालय मा आज नागरिकता तथा राहदानी (पासपोर्ट) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा कार्यालय प्रमुख साबित्रा भण्डारी सहितको टोलीले नागरिकता तथा पासपोर्ट बनाउने प्रक्रिया, आवश्यक कागजात, सेवाग्राहीले ध्यान दिनुपर्ने विषय तथा सम्बन्धित कानुनी व्यवस्थाबारे जानकारी गराएको थियो।


विद्यार्थी तथा स्थानीय सहभागीलाई सचेत र जानकारीमूलक बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नागरिकका अधिकार र जिम्मेवारीबारे समेत जानकारी दिइएको थियो।


कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले सेवा प्रक्रियाबारे सहज जानकारी प्राप्त हुने र नागरिकलाई सरकारी सेवा लिन थप सहज हुने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *