नुवाकोट जेसिजको अध्यक्षमा विनोद लामिछाने चयन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १८, सोमबार १७:२९

नुवाकोट । नुवाकोट जेसिजको वर्ष २०२६ का लागि विनोद लामिछाने अध्यक्षमा चयन भएका छन्। आइतबार विदुरमा सम्पन्न अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।


नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जीवन तामाङ र प्रलाद पौडेल चयन भएका छन्। महासचिवमा सनिस अधिकारी, कोषाध्यक्षमा किशोर अर्याल तथा कानुनी सल्लाहकारमा सुमन भण्डारी रहेका छन्।


त्यस्तै उपाध्यक्षहरूमा अस्मिता खनाल, बिबिना लामिछाने, गोविन्दराज कट्टेल र सम्पूर्ण लामिछाने चयन भएका छन्। नवगठित कार्यसमितिले वर्ष २०२६ मा संस्थाको नेतृत्व गर्दै विभिन्न सामाजिक तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *