प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काको आपत्ति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १८, सोमबार २०:२७

काठमाडौं, जेठ १८ — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।


शनिबार जारी प्रेस विज्ञप्तिमा खड्काले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय मर्यादा र स्वाभिमानमा गम्भीर आघात पुर्‍याएको बताएका छन्।


खड्काले प्रधानमन्त्रीले कुनै प्रमाणबिना “नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीमार्फत थाहा पाएँ” भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त भनाइ असत्य, भ्रामक, कपोलकल्पित र राष्ट्रघाती भएको दाबी गरेका छन्।


विज्ञप्तिमा नेपालले कुनै पनि छिमेकी मुलुकको भूमि अतिक्रमण नगरेको र भारतले समेत त्यस्तो दाबी नगरेको स्पष्ट पारिएको छ। नेपालको नीतिसमेत त्यस्तो नभएको उल्लेख गर्दै खड्काले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र मर्यादामा क्षति पुर्‍याएको बताएका छन्।


उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको घोर निन्दा गर्दै जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु दुःखद भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *