काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो बस्ने भएको छ। बैठकमा पार्टीभित्र विभिन्न विषयमा दर्ता भएका उजुरीहरूको समीक्षा तथा आवश्यक कारबाहीबारे छलफल गरिने जनाइएको छ।
समिति सचिव दिनेश थापामगरका अनुसार समितिसमक्ष करिब ७ सयको हाराहारीमा उजुरी पुगेका छन्। ती उजुरीहरूको प्रकृति, प्रमाण र सम्बन्धित पक्षबारे अध्ययन गरी आगामी प्रक्रियाबारे निर्णय गर्न बैठक केन्द्रित हुने उनले बताए।
उनका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको, विपक्षी उम्मेदवारलाई सहयोग गरेको तथा पार्टी अनुशासन उल्लंघन गरेको आरोपसम्बन्धी उजुरीहरू पनि समितिमा दर्ता भएका छन्।
बैठकबाट उजुरीहरूको वर्गीकरण, छानबिन प्रक्रिया र आवश्यक अनुशासनात्मक कदमबारे प्रारम्भिक निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्