प्रधानमन्त्रीलाई पठाइएको सन्देशपछि उपराष्ट्रपति कार्यालयका सचिवसँग प्रहरीको लामो सोधपुछ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २२, शुक्रबार ०९:३७

काठमाडौं — उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्रीलाई पठाइएको मोबाइल सन्देशको विषयलाई लिएर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार साँझ उनलाई नियन्त्रणमा लिएर करिब सात घण्टासम्म बयान तथा सोधपुछ गरेको थियो। सोधपुछपछि उनलाई छाडिएको जनाइएको छ।


स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्रीलाई पठाएको एउटा म्यासेजबारे जिज्ञासा राख्दै अनुसन्धान अघि बढाइएको थियो। उक्त सन्देश किन र कुन उद्देश्यले पठाइएको हो भन्ने विषयमा जानकारी लिन प्रहरीले उनीसँग सोधपुछ गरेको बताइएको छ।


घटनाबारे आधिकारिक निकायबाट विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। साथै, सन्देशको सामग्री र त्यससँग सम्बन्धित अन्य तथ्यहरू पनि खुलाइएको छैन। प्रहरी स्रोतले भने घटनासम्बन्धी आवश्यक जानकारी संकलन गर्ने क्रममा सोधपुछ गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *