नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ५, शुक्रबार २१:१२

काठमाडौं : यस वर्षको मनसुन प्रणाली आज कोशी प्रदेशको केही भू-भागमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज मनसुन आगमन बुलेटिन-१ जारी गरेर उक्त जानकारी दिएको हो।  

मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने विभागले जनाएको छ। नेपालको पूर्वी भू-भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो। यस वर्षको मनसुन सरदर भन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ। 

यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *