काठमाडौं, असार ६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअघि अन्तिम केन्द्रीय समिति बैठक आज चितवनमा बस्दै छ। भोलिबाट सुरु हुने महाधिवेशनको तयारीलाई अन्तिम रूप दिन बैठक आह्वान गरिएको हो।
रास्वपाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारका अनुसार बैठक दिउँसो १ बजे चितवनमा बस्नेछ। बैठकमा समायोजनसम्बन्धी प्राविधिक विषय, महाधिवेशन प्रतिनिधिको अन्तिम टुंगो लगाउने, संशोधित विधान अनुमोदन गर्ने लगायतका एजेन्डामा छलफल हुने जनाइएको छ।
सचिवालय बैठकबाट प्रस्तावित विधान संशोधनलाई केन्द्रीय समितिबाट अनुमोदन गरिने तयारी गरिएको छ। संशोधित विधानअनुसार पार्टीमा पदाधिकारीको संख्या १९ पुर्याउने तथा केन्द्रीय समितिको सदस्य संख्या १५८ बनाउने प्रस्ताव रहेको छ।
यसका साथै महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनमाथि पनि बैठकमा छलफल गरिनेछ।
रास्वपाको महाधिवेशन भोलिबाट सुरु हुँदैछ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै भावी राजनीतिक कार्यदिशा, संगठन विस्तार र पार्टी सुदृढीकरणसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्