राप्रपा नुवाकोटले सार्वजनिक गर्‍यो अधिवेशन तालिका, भदौ २१–२३ मा जिल्ला अधिवेशन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ९, मंगलवार १५:३६



विदुर, नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोट जिल्ला कार्यसमितिको आज बसेको बैठकले पार्टीका विभिन्न तहका अधिवेशनहरूको समयतालिका सार्वजनिक गरेको छ।

जिल्ला निर्वाचन समितिले प्रस्ताव गरेको तालिका अनुसार पालिका, प्रदेश, क्षेत्रीय तथा जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने निर्णय गरिएको हो।


सार्वजनिक गरिएको तालिका अनुसार पञ्चकन्या गाउँपालिकाको अधिवेशन साउन १५ गते, तादी गाउँपालिकाको साउन १७ गते, मेघाङ गाउँपालिकाको साउन २० गते तथा बेलकोटगढी नगरपालिकाको साउन २५ गते हुने तय गरिएको छ।


त्यसैगरी प्रदेश कार्यसमिति अधिवेशनअन्तर्गत क्षेत्र नम्बर १ का प्रदेश (क) र (ख) को अधिवेशन भदौ १, २ र ३ गते तथा क्षेत्र नम्बर २ का प्रदेश (क) र (ख) को अधिवेशन भदौ ५, ६ र ७ गते सञ्चालन गरिनेछ।


क्षेत्रीय अधिवेशनतर्फ क्षेत्र नम्बर १ को अधिवेशन भदौ १० र ११ गते तथा क्षेत्र नम्बर २ को अधिवेशन भदौ १३ र १४ गते हुने तालिका तय गरिएको छ।


बैठकले भदौ १५ देखि २० गतेसम्म जिल्ला अधिवेशनको तयारी गर्ने तथा भदौ २१, २२ र २३ गते राप्रपा नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ।


राप्रपा नुवाकोटले निर्धारित समयतालिका अनुसार अधिवेशन सफल बनाउन सबै तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सक्रिय रूपमा परिचालन हुन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *