लिखु गाउँपालिकाद्वारा ४० करोड ९९ लाखको बजेट सर्वसम्मत पारित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ११, बिहीबार ०८:३१

नुवाकोट, असार ११ – नुवाकोटको लिखु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा ४० करोड ९९ लाख ११ हजार १० रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।


गाउँसभामा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र सोही आधारमा उपाध्यक्ष सुभद्रा अधिकारीले प्रस्तुत गर्नुभएको अनुमानित आय–व्यय, बजेट, योजना तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत रूपमा अनुमोदन भएको हो।


पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, सुशासन, रोजगार प्रवर्द्धन तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले विशेष गरी कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै बजेट विनियोजन गरेको जनाएको छ।


गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको यो बजेट उहाँको दोस्रो कार्यकालको अन्तिम बजेटसमेत हो। श्रेष्ठ २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा लगातार अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। उहाँ नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत हुनुहुन्छ।


गाउँसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटले स्थानीय उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र दिगो पूर्वाधार निर्माणमार्फत गाउँपालिकाको समग्र विकासलाई गति दिने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *