काठमाडौं, असार १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले भाेलि (बुधबार) शपथ लिने भएका छन्।
पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार चितवनको भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई बिहान ११ बजे काठमाडौंस्थित घण्टीघरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा शपथ गराइने कार्यक्रम तय गरिएको छ।
शपथ ग्रहण कार्यक्रम सम्पन्न भएपछि केन्द्रीय समिति बैठक बस्ने तयारी पनि गरिएको छ। बैठकमा पार्टीका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको चयन र अन्य समसामयिक संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।
रास्वपाको पहिलो महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो। सभापति लामिछानेले भने महाधिवेशनस्थल भरतपुरमै यसअघि नै शपथ ग्रहण गरिसकेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्