कम्पनी रजिस्ट्रारको कार्यालयबाटै प्यान र प्यान प्रमाणपत्र सिधै डाउनलोड गर्न सकिने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १६, मंगलवार १६:०७

काठमाडौं, असार १६ – कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो क्यामिस (कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली) मार्फत कम्पनी दर्तासम्बन्धी सेवा थप प्रभावकारी बनाएको जनाएको छ।


कार्यालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्ध गर्ने सम्बन्धी समझदारीपत्रअनुसार विकास गरिएको प्रणाली २०८३ असार १५ गतेदेखि सञ्चालनमा आएको हो।


विज्ञप्तिअनुसार अबदेखि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरूको स्थायी लेखा नम्बर (प्यान) तथा प्यान प्रमाणपत्र सेवाग्राहीले क्यामिस प्रणालीमार्फत सिधै डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्।


कार्यालयका अनुसार यस व्यवस्थाले सेवाग्राहीलाई छिटो, सहज र झन्झटरहित सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। उक्त सुविधासम्बन्धी जानकारी आम सेवाग्राही तथा सरोकारवालाको जानकारीका लागि सार्वजनिक गरिएको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *