काठमाडौं, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौं) को मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ। डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २,०६० रुपैयाँ तथा आधा सिलिन्डरको मूल्य १,०३० रुपैयाँ निर्धारण गरिएको छ।
निगमले नयाँ खुद्रा बिक्री मूल्य बुधबार राति १२ः०१ बजेदेखि देशभर लागू हुने जनाएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्