श्रीराम श्रेष्ठ
संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्वी र मध्य–अटलान्टिक क्षेत्रहरूमा रेहेको राज्य भर्जिनिया हो । पश्चिममा केन्टकी, दक्षिण–पश्चिममा टेनेसी, दक्षिणमा उत्तरी क्यारोलिना, उत्तर पश्चिममा वेस्ट भर्जिनिया र उत्तरमा मेरिल्यान्डको सीमा रहेको छ । भर्जिनियाको राजधानी रिचमन्ड हो । भर्जिनियाको पूूरा जनसङ्ख्याको एक तिहाइ बसोबास उत्तर भर्जिनियामा रहेको छ । सेन्ट्रल भर्जिनिया मुख्यतया पिडमेन्टमा अवस्थित छ ।
भर्जिनिया अमेरिकाको प्रारम्भिक उपनिवेश कालदेखि आधुनिक समयसम्म अत्यन्तै महत्त्वपूर्ण रह्यो । भर्जिनियामा पहिले भर्जिनिया कम्पनीले सन् १६०७ मा बस्ती बसालेका थिए । सुरुदेखि नै यस क्षेत्रमा आदिवासीहरूको बसोबास रहेको थियो । सन् १७०० देखि १८०० को समयमा भर्जिनिया ब्रिटिस उपनिवेशको रूपमा फस्टायो । मुख्यतया एलगोनल्वियन, इसोक्वियन र सिओआन नामक व्यक्तिहरूले भर्जिनियालाई नियन्त्रणमा लिएका थिए । सन् १७७६ मा भर्जिनियालाई स्वतन्त्र राज्य घोषणा गरेपश्चात् अमेरिकाको भाग बन्यो ।
सन् १८६१ मा अमेरिकन सिभिल वार हुँदा भर्जिनिया दक्षिण पक्षमा सामेल भएको थियो । भर्जिनियाको भूमिमा धेरै युद्धहरू भए । सेभेन डे ब्याटल्स, फेडरिकसवर्गको युद्ध, चान्सलार्स भिलको युद्ध, ब्रान्डी स्टेसनको युद्ध प्रमुुख हुन् । युद्धपछि भर्जिनियाको अवस्था अत्यन्त जटिल र कठिन भयो । युद्धको अन्तपछि भर्जिनिया पूर्णरूपमा अमेरिकामा समाहित भएको हो । यहाँ रहेका भौतिक संरचनाहरू युुद्धका क्रममा जलेर नष्ट भए भने विभिन्न कारणले खेतीयोग्य जमिन पनि बन्जड बन्न पुुग्यो । पूर्व कालमा भर्जिनियामा ठुलो सङ्ख्यामा दासहरू थिए । दास प्रथा सन् १६१९ बाट सुरु भएको मानिन्छ । भर्जिनियामा दास प्रथा अमेरिकी इतिहासको एक महत्त्वपूर्ण र जटिल समस्या थियो । प्रायः जसो अफ्रिकी मूलका बासीहरू दास थिए । लामो समय काम, न्यून खाना र आवासको समस्याका कारण दासहरूको जीवन अत्यन्त दःुखदायी थियो । त्यति बेला तमाखुु र कपास खेतीमा दासहरू काम गर्थे ।
दास प्रथाबाट आजित भएकाहरू विद्रोह गर्दै अमेरिकी क्रान्तिमा तेह्रौँ उपनिवेशहरूसँग स्वतन्त्रताका लागी लडे । अमेरिकी गृहयुद्धका समयमा रिचमन्डकोे राज्य सरकार कन्फेडेरेसीमा सामेल भए । सन् १८६३ मा पश्चिम भर्जिनिया अलग भयो । सन् १८६५ मा भर्जिनियामा दास प्रथाको अन्त्य भयो । यसपछि भर्जिनियाको इतिहासमा आमूल परिवर्तन भयो र पुनःनिर्माणले पनि गति पायो ।
भर्जिनियामा प्रमुख सहरको सङ्ख्या एक सय वटा रहेको छ । ती सहरमध्ये भर्जिनिया बिच चेसापेक, नोर्फोक, आर्लिगटन, रिचमन्ड, न्युुपोर्ट, अलेकजान्ड्रिया, ह्याम्टन, रौ अनेके, पार्टससमाउथ जस्ता सहर प्रमुख छन् । एक सय ३४ काउन्टी रहेको भर्जिनियामा जनसङ्ख्या र क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो फेयरफ्याक्स काउन्टी हो । यो काउन्टीलाई भर्जिनियाको पुरानो बस्ती मानिन्छ ।
अमेरिकाको अन्य राज्यमा जस्तै यहाँ विभिन्न धर्म मान्नेहरूको बसोबास रहेको छ । विशेषतः क्रिस्चियन, इभान्जेलिकल, प्रोटेक्टट, मेनलाइन, प्रोटेस्टेन्ट, क्याथेलिक, मोर्मोन, इसाइ आदि धर्म मान्नेहरूको सङ्ख्या बढी रहेको छ ।
संयुुक्त राज्य अमेरिका एक सघीय गणतन्त्र राज्य हो । संघीय कानुनका घेराभित्र रहने गरी भर्जिनियाले आफ्नै राज्य सरकार सञ्चालन गर्दै आएको छ । यहाँको शासन प्रणाली कार्यपालिका, विधायिका र न्यायपालिका गरी तीन निकायमा विभाजित गरिएको छ । कार्यपालिका भन्नाले राज्यको कार्यकारीलाई जनाउँछ । कार्यकारीको जिम्मेवार व्यक्ति गभर्नर हुन्छ । गभर्नरको मातहतमा लेफ्टिनेन्ट गभर्नर, अटर्नी जनरल, विभिन्न राज्य विभागका साथै शिक्षा, यातायात, स्वास्थ्यका एजेन्सीहरू हुन्छन् । कार्यपालिकाको मुख्य काम भनेको राज्यको कानुन कार्यान्वयन गर्नु, राज्यका विभागहरू सञ्चालन गर्नु र आवश्यक परेमा बल प्रयोग गर्नु हो ।
भर्जिनियाको विधायिकालाई जनरल एस्सेम्ब्ली भनेर चिनिन्छ । जनरल एस्सेम्ब्ली दुई सदन मिलेर बनेको छ । तल्लो सदन र माथिल्लो सदन । तल्लो सदनमा दुई वर्ष कार्यकाल रहेको एक सय सदस्यहरू र माथिल्लो सदनमा चार वर्ष कार्यकाल रहेको ४० सदस्यहरू रहन्छन् । विधायिकाको काम भनेको राज्यको कानुन र बजेट पारित, करसम्बन्धी निर्णय र राज्य सरकारका नीतिहरू निर्धारण गर्नु रहेको छ । विधायिकाको बैठक भर्जिनियाको राजधानी रिचमन्डमा बस्दछ ।
भर्जिनियाको न्यायपालिका एक व्यवस्थित र तहगत संरचनामा आधारित छ । तीन तहका अदालत जस्तै सर्वोच्च अदालत, अपिल अदालत र ट्रायल अदालतबाट कानुन सम्पादन गरिन्छ । सर्वोच्च अदालतमा १२ वर्ष, अपिल अदालतमा ६ देखि ८ वर्ष न्यायाधीशको कार्यकाल हुनेछ । भर्जिनियाको अर्थतन्त्र ठुलो रहेको छ । यसको जिडिपि हेर्दा अमेरिकाको १० औँ राज्यमा पर्दछ । विशेषतः उत्तरी भर्जिनिया घेरै धनी क्षेत्र मानिन्छ । टेक्नोलोजी, रक्षा, कृषि र सेवा क्षेत्रमा निकै बलियो अर्थतन्त्र भएको भर्जिनिया राज्यले हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना गरेको छ ।
डेटा सेन्टरका कारण विद्युत माग अत्यधिक बढेका कारण यहाँ जमिन र उर्जा नेटवर्क बिस्तार गर्ने कार्य तीव्र रूपमा भइरहेको छ ।
अमेरिकाको सबैभन्दा धेरै डेटा सेन्टर यहीँ रहेको छ । भर्जिनियालाई डेटा सेन्टरको हबको रूपमा लिइन्छ । ४० अर्ब अमेरिकी डलर आर्थिक प्रभाव रहेको यो उद्योगले हजारौँको सङ्ख्यामा प्रत्यक्ष रोजगार सिर्जना गरेको छ । यस क्षेत्रमा विश्वमै प्रसिद्ध माइक्रोसफ्ट, एमेजोन जस्ता कम्पनीहरूले लगानी गरेका छन् ।
भर्जिनियाको यात्राको पहिलो यात्रा हाम्रो ग्रेट फल्सको भूमिमा परेको छ । वासिङ्टन डिसीको सिमानामा रहेको यो फल्स उत्तरी भर्जिनिया राज्यको केयरफ्याक्स काउन्टीमा पर्दछ । हरियाली वनजङ्गल छिचोल्दै त्यहाँ पुग्न सजिलो होस् भन्ने हेतुले चिन्हहरू राखिएको छ । पोटोमाक नदीको छेउमा रहेछ झरना । २३ मिटर लम्बाई कडा चट्टानबाट खसेको पानीको बहावको मुस्लो जमिनमा ठोकिँदा निस्केको आवाज डरलाग्दो छ । पानीको रङ सेतो देखिन्छ । झरनाको मनोरम दृश्यले पर्यटकहरूको आकर्षण बढाएको छ । हिमनदी पग्लिएर बनेको झरनाले जलविद्युत उत्पादनमा सहयोग पु¥याउनुका साथै जैविक विविधताको संरक्षणमा पनि टेवा पु¥याएको छ । झरना र पार्कको अवलोकन गर्न २० डलर प्रवेश शुल्क लाग्दछ । यहाँ बिहान सात बजेदेखि बेलुकी सूर्यास्तसम्म खुल्ला हुने रहेछ । सन् १९५५ मा यो झरनाको नाम ग्रेट फल्स राखिएको रहेछ । यहाँबाट सूर्याेदय र सूर्यास्तको दृश्य पनि देखिन्छ । झरना नजिक पिकनिक स्थल, हाइकिङ पार्कहरू रहेका छन् ।
प्रकृतिको उपहार स्वरूप रकब्रिज काउन्टीमा प्राकृतिक ब्रिज त्यत्तिकै प्रसिद्ध छ । ब्रिज पहाडको चट्टान प्वाल पारेर बनाइएको जस्तो देखिन्छ । पहाड एउटै शिलाको छ । उज्यालो तस्विरको फ्रेम जस्तै देखिने ब्रिज दुई सय १९ फिट अग्लो छ । उक्त ब्रिज २० तले चुना ढुङ्गाको आर्य घाँटीमा फैलिएको छ । यो ब्रिज क्रेडर क्रिक नामको सानो नदीले बनाएको खोँचमाथि रहेको छ । ब्रिजका बारेमा जानकारी दिन ठाउँ–ठाउँमा होर्डिङ बोर्ड झुन्ड्याइएको छ । प्राकृतिक ब्रिजमा जानका लागि मान्छेको उमेर अनुसारको शुल्क लाग्ने रहेछ । जसअनुसार तीन वर्षदेखि १२ वर्ष उमेरका लागि छ डलर, १३ वर्ष माथिका लागि नौ डलर र तीन वर्षमुुनिका लागि निशुुल्क । ब्रिजमा समय बितेको पत्तै हँुदैन । ब्रिज नजिकै विश्राम स्थल र पार्कको व्यवस्था राम्रो छ । यहाँ आउने आगन्तुकको सुविधाका लागि आगन्तुक केन्द्र, क्याफे, पसल, गेस्ट हाउस र शैक्षिक कक्षको पनि व्यवस्था गरिएको छ ।
पार्क नजिकै हरियाली वनजङ्ल देखिन्छ । रङ्गीचङ्गी फूल देखिनुका साथै चराचुरुङ्गी कराइरहेको पनि हामी सुनिरहेका छौँ ।
प्राकृतिक ब्रिज हुनुभन्दा अगाडि यहाँ चट्टानको मूनि ठुुलठुुला गुफाहरू थिए । गुफाभित्रको माथिल्लो भाग सबै भत्कियो तर गुफाको छाना मात्र रह्यो । यसैलाई प्राकृतिक ब्रिज नामकरण गरियो । अहिले यसलाई नेसनल हिस्टोरिक ल्यान्डमार्कबाट संरक्षित गरिएको रहेछ ।
लुरे गुफा प्राकृतिक आश्चर्यमध्ये एक स्थान । यो रोनान्डोह उपत्यकाको घुमाउरो पहाडमुनि लुकेको अवस्थामा रहेको छ । जमिनमूनि चट्टान टाँसिएको गुफाभित्र सानो ताल छ । पानीको चाल र तापक्रम परिवर्तनका कारण शताब्दीऔँ देखि खनिज तत्त्वहरू बन्ने क्रम चल्दो रहेछ क्यारे । गुफाभित्र गएर हेर्दा गुफामा पहेँला राता र खैरा दृश्यहरू देखिन्छन् ।
गुफाको भित्री भागमा विशाल कक्षहरू छन् । त्यसको चम्किलो र मनमोहक संरचनाले पर्यटकहरू आकर्षित गर्दछ । गुफा हजारौँ वर्ष पहिले भूमिगत नदीहरू र चुना ढुङ्गा, माटोको तहहरूद्वारा बनेको छ । गुफाभित्र हेर्दा विभिन्न आकृतिहरू देखिन्छन् । गुफाभित्र रहेको चट्टानमा विभिन्न बाजाका आवाजहरू सुन्न सकिन्छ । यो संसारकै अनौठो सङ्गीत यन्त्रजस्तो भान हुन्छ । विभिन्न आकृतिबाट बनेको चट्टानलाई बजाउँदा विभिन्न सङगीतका ध्वनि निस्कन्छ । गुफाभित्रको तापक्रम १० देखि १२ डिग्री सेल्सियससम्म छ । गुफाभित्र भ्रमण गरेर एकाध घण्टा बिताउन सकिन्छ । यो स्थान परिवार र प्राकृतिक प्रेमीहरूका लागि निकै लोकप्रिय छ । गुफाको सुन्दरताभन्दा बाहिर लुरे गुफाले भूविज्ञान, जलविज्ञान र जलवायु इतिहास अध्ययन गर्ने वैज्ञानिकहरूका लागि प्राकृतिक प्रयोगशालाको काम गरेको छ । यो गुफा सन् १८७८ मा स्थानीयले पत्ता लगाएका रहेछन् । जमिनको एउटा सानो प्वालबाट चिसो हावा निस्केको महसुुस गरेपछि उनीहरू त्यसलाई पछ्याउँदै गए । भित्र जाने क्रममा गुफा भेटिएको भनाइ त्यहाँ रहेको छ । यस गुफाको अवलोकन गर्न धेरै पर्यटकहरूको आगमन हुने रहेछ ।
घुमफिर गर्ने क्रममा अहिले हामी अर्लिङ्टन काउन्टीमा रहेको मरिन कोप्र्स मेमोरियलमा छौँ । वीर सहिदहरूको स्मृतिमा बनाइएको यो स्मारक सन् १९५५ मा राष्ट्रिय निकुञ्ज सेवालाई हस्तान्तरण गरिएको रहेछ ।
स्मारक संयुुक्त राज्य कांग्रेसद्वारा अनुमोदन भइसकेको छ । अमेरिकाको सबैभन्दा प्रतिष्ठित सैन्य स्मारकमध्ये एक हो यो स्मारक । छ जना सैनिकहरूले अमेरिकाको झन्डा उठाउँदै गरेको पूर्ण कदका मूर्ति युद्धको समयमा लिइएको एक प्रसिद्ध तस्विरसा आधारित छ । उक्त युद्ध मरिन कोरका नामले चिनिन्छ । सो युद्धमा वीरगति हुने छ जना इश होस, फ्रैकलेन सुस्ले, माइकल ह्यारोल्ड शुल्ट्ज, हार्लन ब्लक र ह्यारोल्ड केलर हुन् । उक्त मूर्ति प्रसिद्ध मूर्तिकार फेलिक्स डे वेल्डनद्वारा डिजाइन गरिएको हो । मूर्तिले युद्धको प्रसिद्ध घटनाहरूमध्ये एकलाई चित्रण गरेको छ । स्मारकअगाडि सुन्दर पार्क छ । सोही पार्कमा सूर्यास्त परेड, पदोन्नति र सेवा निवृत्त समारोह जस्ता कार्यक्रम भव्य रूपले मनाउँने चलन रहेको छ । भर्जिनियाको शालेटिसाभिलदेखि तीन कि.मि. दक्षिणपूर्वमा रहेछ– मोन्टिसिलो । सन् १९८७ मा युनेस्कोद्वारा मल्टिसिलोलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरेकाले यो ठाउँ प्रसिद्ध रहेको छ । मल्टिसिलो संयुुक्त राज्य अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफरसनको निजी निवास थियो । उनी संयुुक्त राज्य अमेरिकाको स्वतन्त्रताको घोषणापत्रका मस्यौदाकार पनि हुन् भन्ने गरिन्छ ।
जेफरसन एक किसान थिए । उनका परिवारले कृषि काम गर्थे । प्रशस्त मात्रामा जग्गाजमिन थियो । जेफरसनले १४ वर्षको उमेरमा आफ्नो बुबासँग जग्गा लिएर मोन्टिसिलोको डिजाइन गरेका थिए । दुई सय ६० मिटर चुचुरोको शिखरमा मोन्टिसिलो रहेको छ । ३५ कोठाहरू भएको तीन तले भवन प्रवेश गर्न दुईवटा द्वारहरू रहेका छन् । भवनभित्र जेफरसनले डिजाइन गरेका विभिन्न सामग्रीहरू छन् । सन् १७६८ र १८०९ को बिचमा निर्माण भएको मोन्टिसिलो आजभोलि प्रमुख पर्यटकीय केन्द्र बनेको छ । मोन्टिसिलो भन्ने नाम इटली भाषाबाट आएको रहेछ । इटली भाषामा मोन्टिसिलोको अर्थ ‘सानो पहाड’ हो । मोन्टिसिलो थोमस जेफरसन फाउन्डेसनको स्वामित्वमा रहेको छ । मोन्टिसिलोलाई शास्त्रीय पुनरुत्थान शैलीको उत्कृष्ट उदाहरणको रूपमा लिइँदै आइएको छ ।
भर्जिनियाको विभिन्न ठाउँमा घुम्ने क्रममा अहिले हामी डिप रन पार्कमा आइपुगेका छौँ । यो पार्क गास्किन्स रोड र रिजफिल्ड पार्कको उत्तर पश्चिममा पर्दछ । घना जङ्गल र हरियालीमा रहेको प्राकृतिक सौन्दर्यको मनमोहक दृश्यले हामी पनि लोभिएका छौँ । सन् १९८७ मा स्थापना भएको डिप रन पार्क सार्वजनिक स्थल हो । पार्कमा यथेस्ट जमिन रहेको छ । पार्क नजिकै दुईवटा पोखरीहरू छन् । पोखरीमा माछा, कछुवा, हाँसहरू पौडिरहेको दृश्य निकै आकर्षक छ । यहाँ साइकिलिङ, हाइकिङ र पिकनिक स्थलको समेत राम्रो व्यवस्था रहेको छ । पार्क नजिकै पोखरीको डिलमा विश्राम गर्नुको मजा नै बिछिट्टै । छोटो बसाइमा घुमफिरको यादहरूलाई मनभरि सँगाल्दै रात्रिकालीन बासका लागि हामी भर्जिनियाको राजधानी रिचमन्डतर्फलाग्यौँ । (नुवाकोट विदुर ४ निवासी श्रेष्ठ हाल अमेरिकामा घुमघामा रहनु भएको छ)
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्