काठमाडौं स् राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन्।
बुधबार पार्टी कार्यालय बनस्थलीमा पार्टी सभापति रवि लामिछानेसमक्ष निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्।
पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा प्रधानमनत्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्शाह भने सहभागी भएनन् । कार्यव्यस्तताका कारण सभागि हुन नसकेको बताइएको छ ।वरिष्ठ नेतालाई पनि सभापतिले शपथ खुवाउनुपर्ने भएपनि त्यो सम्भव भएन ,स्रोतले भन्यो ।. सपथपछि सभापति लामिछानेले घण्टीको तस्बिरसहितको फ्लेम र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो समारोहमा पनि सभापति मात्रै देखिनुभएको थियो । पार्टीका वरिष्ठ नेताको अनुपस्थितिले नेताहरुले भने खल्लो महसुस गरेका थिए ।
महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो। शपथसँगै सभापति लामिछानेले प्रमाणपत्र प्रदान गरेका छन्।
सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै चितवनमा शपथ लिइसकेका थिए। असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन भएको थियो।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्