बालबालिकालाई सदस्यता दिने नीति छैन, भुलवश दिइएको भए खारेज गरिन्छ : रास्वपा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १७, बुधबार २०:२१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई पार्टी सदस्यता दिने कुनै नीति नभएको स्पष्ट पारेको छ। राष्ट्रिय मानवअधिकार आयोगले उक्त विषयमा चासो देखाउँदै पत्राचार गरेपछि रास्वपाले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो।


पार्टीका महामन्त्री विपिन आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा १८ वर्ष नपुगेका बालबालिकालाई पार्टी सदस्यता दिने नीति नभएको स्पष्ट पारिएको छ। यदि भुलवश कुनै बालबालिकालाई सदस्यता प्रदान गरिएको पुष्टि भए त्यस्ता सदस्यता तत्काल खारेज गरिने उल्लेख गरिएको छ।


विज्ञप्तिमा पार्टी सदस्यताका लागि इच्छुक जोकोहीले आवेदन दिन सक्ने व्यवस्था रहेको जनाउँदै आवेदनको प्रमाणीकरण गर्ने संयन्त्रलाई अझ प्रभावकारी र विश्वसनीय बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।


रास्वपाले पार्टीको सदस्यता प्रणालीलाई कानुनी व्यवस्था तथा संगठनात्मक मापदण्डअनुसार सञ्चालन गरिने दोहोर्‍याउँदै भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *