|
२०८३ असार १९, शुक्रबार १५:१४
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोट जिल्ला कमिटीको विस्तारित बैठक शुक्रबार विदुर नगरपालिका–गंगटेस्थित होटल हारतीमा सुरु भएको छ।
बैठकमा एमालेका बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतको विशेष उपस्थितिसहित जिल्ला कमिटीका पदाधिकारी, जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको छ।
जिल्ला कमिटीले आयोजना गरेको बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टी संगठनको सुदृढीकरण, आगामी संगठनात्मक कार्यक्रम, जनपरिचालन तथा पार्टीका समसामयिक विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
बैठकबाट संगठनलाई थप प्रभावकारी बनाउने, कार्ययोजना तय गर्ने तथा आगामी कार्यक्रमहरूलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा आवश्यक निर्णयसमेत हुने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्