सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, को कहाँ ?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १९, शुक्रबार २०:००

काठमाडौं : कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।

प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी, पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहट्टा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल र राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरेका हुन्। डा. थापा यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति थिए।

यद्यपि सरकारले औपचारिक घोषणा चाहिँ गरेको छैन। शिक्षामन्त्री सस्मित पोखरेलले नियुक्तिका लागि उनीहरूको नाम सिफारिस गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *