|
२०८३ असार २१, आईतवार १५:४७
विदुर (नुवाकोट) – लुम्बिनी विकास बैंक लिमिटेड बट्टार शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–९ स्थित सुलक्षणा माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
आइतबार आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ। कार्यक्रममा विदुर नगरपालिका–९ का वडाध्यक्ष हरेराम भण्डारी, लुम्बिनी विकास बैंक बट्टार शाखाका शाखा प्रबन्धक अजय आचार्य, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्