कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण साउन ३ सम्म थपियो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २१, आईतवार १७:४१


काठमाडौं, २१ असार — नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समयसीमा पुनः लम्ब्याएको छ। पार्टीले अब नयाँ सदस्यता वितरणको प्रक्रिया साउन ३ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।


महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार यसअघि असार २० गतेसम्म कायम गरिएको समयसीमा पर्याप्त नभएकाले थप समय दिने निर्णय गरिएको हो।


पार्टीले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। तर, पुरानो सदस्यताको अध्यावधिक गर्न चाहने सदस्यले भने केन्द्रीय कार्यालयमै उपस्थित हुनुपर्ने व्यवस्था यथावत रहेको पौडेलले जानकारी दिएका छन्।


नेपाली कांग्रेसले आगामी असोजमा तय गरिएको १५औँ महाधिवेशनलाई लक्षित गर्दै देशभर सदस्यता वितरण र अध्यावधिक अभियान सञ्चालन गरिरहेको छ। सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउँदै महाधिवेशनको तयारीलाई तीव्र पार्ने उद्देश्यले समय थप गरिएको पार्टीले जनाएको भए पनि कांग्रेसकै अर्को पक्षले याे अभियान पनि बहिष्कार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *