एकैदिन ३३ अर्ब सरकारी भुक्तानी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २६, शुक्रबार ०९:१५

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्बको भुक्तानी दिएको छ ।

सरकारी भुक्तानीको लागि प्रयोग हुने सूत्र प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यसमध्ये चालू बजेट खर्च अन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्च अन्तर्गत १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्था अन्तर्गत २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *