|
२०८३ असार २६, शुक्रबार १२:२७
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
उनले बिहीबार दिउँसो राहदानी विभागको मुख्य गेट नजिकै आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। घटनालगत्तै खटिएको प्रहरीले तत्काल उद्धार गरी वीर अस्पतालको बर्न युनिटमा भर्ना गरेको थियो।
शरीरका विभिन्न भाग गम्भीर रूपमा जलेका कारण उनको अवस्था सुरुदेखि नै चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका थिए। उपचारका क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
उता धेरै नेपालीले सरकारकाे तर्फबाट प्रहरीकाे गलत रबैयाका कारण नेपालीले ज्यान गुमाउनु परेकाे भन्दै कडा वराेध जनाएका छन् ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्