गणेश नेपाली आत्मदाह प्रकरण : गृह मन्त्रालयद्वारा डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २६, शुक्रबार १६:५०

काठमाडौं । गृह मन्त्रालयले राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ।


शुक्रबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखक गुरुङले घटनाको निष्पक्ष अनुसन्धानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिएका हुन्।


गृहमन्त्रीले घटनासँग सम्बन्धित तीन जना नगर प्रहरीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पनि बताए। नियन्त्रणमा लिइएकामध्ये दुई जना महिला र एक जना पुरुष नगर प्रहरी रहेका छन्।


उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र गम्भीर रूपमा अनुसन्धान गरिने प्रतिबद्धता व्यक्त गरे।


मुगुका गणेश नेपालीले बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *