बेलिङ्घमको डबल गोलमा नर्वे पराजित, इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २८, आईतवार ०७:४५

काठमाडौं । जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनको मद्दतमा इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। तेस्रो क्वाटरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इङ्ल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।


मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई विजयी बनाए।


नर्वेले ३६औं मिनेटमा एन्ड्रियस स्जेल्डरुपको गोलमार्फत अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमै बेलिङ्घमले तीन डिफेन्डरलाई छलाउँदै आकर्षक गोल गरेपछि इङ्ल्यान्ड खेलमा फर्किएको थियो।


दोस्रो हाफमा नर्वेले फेरि गोल गरे पनि एर्लिङ हालान्डले पेनाल्टी क्षेत्रभित्र विपक्षी खेलाडीलाई धकेलेको ठहर गर्दै रेफ्रीले उक्त गोल मान्यता दिएनन्। त्यसपछि थप समयसम्म पनि कुनै टोलीले निर्णायक गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयमा बेलिङ्घमले अर्को उत्कृष्ट फिनिस गर्दै इङ्ल्यान्डलाई २–१ को जित दिलाए। यससँगै नर्वेको विश्वकप यात्रा क्वाटरफाइनलमै टुंगिएको छ।


इङ्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनल पुगेको हो। यसअघि उसले १९६६ मा उपाधि जित्नुका साथै १९९० र २०१८ मा पनि अन्तिम चारसम्मको यात्रा तय गरेको थियो। अब इङ्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको अन्तिम क्वाटरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *