गणेश नेपाली प्रकरणमा ९ बुँदे सहमति, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २८, आईतवार १९:४७

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालको बर्न युनिटमा निधन भएपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच भएको लामो वार्तापछि ९ बुँदे सहमति भएको छ।


करिब २४ घण्टा चलेको वार्तापछि घटनाको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको हो।


सहमतिअनुसार मृतककी श्रीमतीलाई उपयुक्त रोजगारीको व्यवस्था गरिने, उनकी छोरीको उच्च शिक्षाको जिम्मेवारी लिइने तथा परिवारलाई उचित राहत उपलब्ध गराइनेछ। साथै घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता पनि जनाइएको छ।


सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच भएको उक्त सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *